पेट्रोल, डिजल र मट्टितेलको भाउ घट्यो, ग्यासको २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो ।   

मूल्य घटाएसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।   

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनले १ जनवरी २०२० मा पठाएको मूल्य अनुरुप निगमले पौस १६ गते पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य समायोजन गरेको को थियो । १ फेव्रअरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही घटेर आएको छ ।   

null

एल.पि.ग्यासमा ‌औषत खरीद मुल्य पुनः बढेर आएको छ  ।  एल.पि.ग्यासको खुद्रा विक्री मूल्य प्रति सिलिण्डर रू. १,३५० मा प्रति सिलिण्डर रू.२५ ले वृद्धि गरी समायोजन गरेको छ ।   

यस्तै, हवाई ईन्धनको मूल्य भने हाल यथावत नै राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *