यूएईमा ६ नेपालीलाई कोरोना संक्रमण, २ जना निको भए

चैत १८, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा ६ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएकोमा दुईजना भने उपचार पछि निको भएका छन् । यूएईमा फागुन २६ मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए ।   

तर चैत १५ सम्ममा चार जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ । फागुनमा संक्रमित पुष्टि भएका दुई जना नेपाली स्वास्थ्यलाभ गरी आफ्नो दैनिकीमा फर्किसकेका छन् । यूएईमा करिब दुई लाख ७५ हजार नेपाली कामदार रहेको अनुमान छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *