सुरुङभित्र निसासिएर मृत्यु भएका चारैजनाको शव निकालियो

कार्तिक १९, बझाङ । आईतबार दिउँसो बझाङमा सुरुङ निर्माण गर्ने क्रममा सुरुङ भित्र फसेर मृत्यु भएका चारैजना मजदुरको शव निकालिएको छ । 

प्रहरीका अनुसार मृत्यु भएका चार मध्ये तीन जनाको शव सोमबार नै निकालेको भएपनी एक जनाको शव भने बुधबार मात्र निकाल्न सफल भएको हो । 

कालङ्गा जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा  एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधीन उक्त सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भित्र अक्सिनजको मात्रा निकै न्युन रहेको र हाईकेमिकल ग्यासको मात्रा बढी भएका कारण सुरुङभित्र निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।   

Image result for सुरुङ निर्माण

सोमबार दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३० बर्षका महेन्द्र शाही, अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ का २४ बर्षका महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३२ बर्षका करन शाहीको शव निकालिएको थियो  भने मंगलबार बझाङको बुंगल नगरपालीका– १ का ३५ बर्षे शेर सिहँ धामी को शव निकालिएको हो ।   

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक भवराज कटुवालको नेतृत्वमा आएको चारजना र दिपायलबाट खटिएको पाँचजनाको उद्दार टोलीले मृतकहरुको शव निकालेको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *