नायिका स्वस्तिमाको साथमा ‘चार्ज्ड अप फस्र्ट सेल्स ईभेन्ट’को आयोजना

कात्तिक २९, काठमाडौं । ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि आरम्भ गरेको छ । ओपोको पाको, न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत बृहतरुपमा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको हाे । 

ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित सुपरस्टार नायिका स्वस्तिमा खड्काले कार्यक्रममा आफ्नो उपस्थिती जनाउँदै अग्रिम बुकिङ गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित एसेवेन हस्तान्तरण गरेकी हुन् । बिगर ब्याट्री फोनका रुपमा निकै चर्चा कमाएको प्रिमियम डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको ओपो एसेवेनले ए सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने विश्वास गरिएको छ । उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका कारण ए सिरिज सार्वजनिक गरिए देखि नै ओपोकै बेष्ट सेलिङ फोनका रुपमा रहँदै आएको छ । 

 

null

एआई २.० सहितको १६ मेगापिक्सेल फ्रण्ट क्यामेरा र ३१ + २ एमपी डुअल रियर क्यामेरा तथा ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सुसज्जित ओपो एसेवेनले अत्याधुनिक प्रविधि तथा प्राकृतिक देखिने सेल्फी तथा तस्विरकासाथ उपभोक्ताको माया पाउँने विश्वास गरिएको छ । कम्पनीले फोनको मूल्य रु. ३५ हजार ७ सय ९० तोकेको छ । 

ओपो एफनाइन माझैँ एसेवेनमा पनि ओपोले प्रकृतिसंग प्रेरित, खस्न लागेको पानीको थोपाझैँ देखिने वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ । पानीको थोपाझैँ आकारको यही नोट्चमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ । एसेवेनमा कम्पनीले स्क्रिन कोरिनबाट जोगाउने सोचका साथ कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरेको छ । 

 

ओपो एसेवेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको छ । 

एसेवेनमा प्रयोग गरिएको थ्रीडीथर्मल्लि बेन्ट शिटका कारण फोन पातलो, हल्का र बोक्दा आरामदायी छ । फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । 

 

ओपो एसेवेनमा एआई ब्यूटिफिकेशन सहित १३+२ एमपी डुअल रियर क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, यसमा जडित एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेराले अझ आकर्षक सेल्फी खिच्न सघाउँछ । एसेवेनले वाइड एंगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । यसले साँघुरा स्थानमा तस्विर खिच्नु पर्दा सहजताको अनुभव प्रदान गर्छ । ओपो एसेवेनमा कम्पनीले नयाँ फिचरका रुपमा एआर स्टिकर पनि उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई उत्कृष्ट तस्विरका साथै रमाइलो अनुभव प्रदान गर्छ । 

ओपोले एसेवेनमा एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । यसले सञ्चालन प्रणालीलाई प्रयोगकर्ताका लागि समग्र स्मार्टर अन्तरक्रियात्मक अनुभव प्रदान गर्दै नयाँ आयाम प्रदान गरेको छ । यसमा रहेको स्मार्टबारले होराइजोन्टल फुल मल्टिटास्किङका साथै भर्टिकलफुल स्क्रिन मल्टिटास्किङ पनि सपोर्ट गर्छ । फोनको दुबै पट्टि स्लाइड गरी प्रयोगकर्ताले फोनमा रहेको मल्टिटास्किङ फिचर सक्रिय गर्न सक्छन् । फोनमा रहेको स्मार्ट बारले क्विकफाइल शेयरिङ, स्क्रिन रेकर्डिङ, स्क्रिनशट लगायतअन्यविभिन्न सर्टकटहरु चलाउनप्रयोगकर्तालाई सहयोग गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *