मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा छ, अन्तराष्ट्रिय मञ्चहरुमा लज्जाबोध हुन्छः प्रधानमन्त्री

 

फागुन २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुट्दै हिँड्ने, बम पड्काउने जस्तो आतंककारी गतिविधिमा संलग्न विप्लव समूहसँग नडराउन आह्वान गरेका छन् । 

नेपाल नगरपालिका संघको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रम ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानूनी कारवाही गरिने निर्णय लिएका कारण विप्लव समूहसँग नडराउन सबैलाई आह्वान गरेका हुन् । 

null

‘लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुसँग अब कोही डराउनु पर्दैन । यस्ता गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानून बमोजिम कारवाही गर्छ,’ प्रधानमन्त्रीले भने, ‘राजनीतिमा आउने अधिकार सबैलाई छ तर सबैलाई तर्साउँदै, धम्की दिँदै हिँड्ने अधिकार कसैलाई छैन । यस्तालाई कारवाहीको दायरामा ल्याइन्छ ।’ 

प्रधानमन्त्री ओलीले मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तराष्ट्रिय मञ्चहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *