शुरु भयो भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम

 

साउन १, काठमाडौं । आजबाट औपचारिक रुपमै मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) लागु भएको छ । 

सरकारले राजस्व चुहावट रोक्नका लागि यो सिस्टम लागु गरेको हो । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले यसको उद्घाटन गरेका हुन् । 

null

यो प्रणाली लागु भएसँगै व्यवसायकि प्रयोजनका मालवस्तु आयात–निर्यातकर्ता, उद्योग, भन्सार एजेन्ट, ढुवानी कम्पनी, वितरक तथा थोक स्तरमा बिक्री गर्दा भिसिटिएसमा इन्ट्री गर्नुपर्ने हुन्छ । 

कार्यक्रममा मन्त्री खतिवडाले यस प्रणालीले अपारदर्शी र अनौपचारिक व्यवसायलाई पारदर्शी र औपाचारिकमा रुपान्तरण गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *