‘विप्लव’ समूहका नेता राई जेलबाट नै नेकपामा प्रवेश गरे

भाद्र ३०, काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । 

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो । 

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । रासस 

Image result for ‘विप्लव’

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *