कोपा इटालियाको क्वाटरफाइनलबाट बाहिरियो युभेन्ट्स

एजेन्सी । साबिकको विजेता युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा एट्लान्टासंग ३-० गोल अन्तरले पराजित हुँदै युभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको हो । 

घरेलु मैदानमा चार पटकको विजेता युभेन्ट्सलाई हराउन एट्लान्टाका डुभान जाप्टाले दुई गोल गरे । यस्तै टिमोथी कास्टाग्नेले एक गोल गरे । 

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसहित मैदान उत्रिएको युभेन्ट्सविरुद्ध एट्लान्टाले ३७ औं मिनेटमा कास्टाग्नेको गोलबाट अग्रता बनाएको थियो ।  

null

खेलको ३९ औं मिनेटमा जाप्टाले गोल गर्दै एट्लान्टाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८६ औं मिनेटमा जाप्टाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लान्टालाई ३-० को जित दिलाए । 

बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले एट्लान्टाको डिफेन्स चिर्न सकेनन् । युभेन्ट्सले पटक पटक गोलको अवसरहरु खेर फालेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *