आज म्याद थपको लागि फेरी लामिछाने सहित तीनै जनालाई अदालत पेश गरिने
भाद्र ३, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबी लामिछाने सहित तीनै जनालाई मंगलबार म्याद थपका लागि अदालत पेश गरिने भएको छ ।
पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र रुकु भनेर चिनिने अस्मिता कार्कीलाई म्याद थपको लागि जिल्ला अदालत चितवनमा पेश गरिने भएको हो ।
यस अघी पनी जिल्ला अदालतले लामिछाने सहित तीनै जनलाई पाँच दिनको म्याद थप गरेको थियो । सो पाँच दिनको म्याद सोमबार सकिएपनी अनुसन्धान नसकिएकोले फेरी आज म्याद थपको लागि तीनै जनालाई अदालत पेश गर्न लागिएको हो ।
प्रहरीले पक्राउ गरेका लामिछाने, कँडेल र कार्कीको तीनै जनाको प्रारम्भिक बयान लिइ सकिएको तर उनीहरुले दिएको बयानबारे अनुसन्धान भईरहेकोले अहिल्यै नै केहि बोल्न नमिल्ने चितवनका एसपी दानबहादुर मल्ल बताउँछन् ।