आइसीसी महिला टी–२० मा नेपालको विजयी सुरुवात

फागुन ७, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ ।थाइल्याण्डमा जारी छनौट खेलमा नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको छ । 

१ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सफल भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी करूणा भण्डारी र सरिता मगरले २/२ विकेट लिए । भने, कविता कुँवर र सीता रानामगरले पनि ११ विकेट हात पारे । 

मलेसियाका लागि क्रिष्टिना वारेतले सर्वाधिक २५ रन बनाउँदा विनिफ्रिड डुराइ सिंगामले १८ रन बनाइन् । मलेसियाका अन्य खेलाडीले आज राम्रो खेल्न सकेनन् । 

null

 

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे । 

ओपनर सिता राना मगरले ४० बल खेल्दै २ चौकासहित ४२ रन बनाउँदा कप्तान रूविनाले २५ बलमा नटआउट ३३ रन जोडिन् । उनले ३ चौका प्रहार गरेकी थिइन् । 

ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन् । नेरी थापा १३ बलमा ६ रन जोड्दै रनआउट भइन । ममता चौधरी कुनै बल नखेल्दै रनआउट भइन । सरिता मगरले १ बलमा १ रन जोडिन् । 

नेपालका लागि ओपनरद्वय सिता र काजलले ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि कप्तान रुविना क्षेत्री र सिताले २५ रनको आक्रमक साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा र्पुयाए । 

मलेसियाका लागि जुमिका आजमी, साषा आजमी र विन्फ्रिड दुराइसिङ्गमले १/१ विकेट हात पारेका थिए । 

छनोटमा ७ टोलीको सहभागिता रहेको छ । यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *