प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कँदै

                                                                                                                 

भदौ १९, काठमाडौं । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) स्वदेश फर्किने भएका छन् ।   

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री ओली भोलि अपरान्ह करिब २ बजे त्रिभुवन विमानस्थलमा ओर्लनेछन् ।   

Image result for प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कँदै

सिंगापुरमा प्रम ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ । सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट सकारात्मक आएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले जानकारी दिएका छन् ।   

१२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली गएको बिहीबार उपचारका लागि सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको थियो ।   

मिर्गौलामा समस्या आएपछि यसअघि पनि उनी साउन १९ गते सिंगापुर गएका थिए । उपचार पश्चात् डाक्टरको सल्लाह अनुरुपमा फलोअपका लागि भदौ ५ मा उनी पुनः सिंगापुर प्रस्थान गरेका हुन् ।  (फाइल तस्विर) 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *