ग्यास सिलिन्डर विस्फोट हुँदा १२ को मृत्यु

माघ १४, काठमाडाैँ ।  पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरको  एक कारखानामा ग्यास विस्फोट हुँदा करिब १२ जनाको मृत्यु भएको छ ।   

पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गर्दै लेखेको छ,  ‘लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ । ’ 

घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको डनले जनाएपनी  स्थानीय प्रहरी स्रोतले यस  घटनामा १२ जनाको मृत्यु भएको जानकारी गराएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *