आराध्यदेव सूर्य उपासनाको पर्व छठ आजबाट सुरु

कात्तिक २५, काठमाडौँ । चार दिनसम्म मनाइने छठ आज (आइतबार) बाट शुरु भएको छ । विशेषगरी तराई–मधेसमा सूर्यको उपासना गर्दै मनाइने छठ पर्व विधिवत् रूपमा आजबाट सुरु भएको हो । 

छठको पहिलो दिन आज अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिन्छ । 

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत् रुपमा व्रत समापन गरिन्छ । 

null

व्रतालुले आज शुद्ध शाकाहारी भोजन गर्छन् भने घरघरमा माछामासु लसुन, प्याज, कोदो, मसुर लगायत वस्तु निषेध गर्छन्। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । 

साथै छठ पर्वलाई सत्य र अहिंसाको भावना वृद्धि तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा पनि लिइन्छ। 

सूर्यलाई आदि देवता पनि भनिन्छ। मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । 

पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । 

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ९खीर० अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । 

छठ पर्वका लागि अहिले मिथिला क्षेत्र, जनकपुर, विराटनगर, वीरगञ्ज लगायतका स्थानमा नदी ताल तलैया दुलही झैं सिंगारिएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *