हङकङ : १४ होटलले एकहजार कोठा क्वारेन्टाइनको लागि दिने

चैत ७, हङकङ । चीन र हङकङभित्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या केहि रोकिएको छ ।   

तर, अहिले विदेशबाट हङकङ र चीन छिर्ने मानिसहरुमा कोरोना संक्रमण देखिन थालेको छ । हङकङमा भने हङकङभित्र र हङकङबाहिरबाट आउने गरी १६ जना नयाँ संक्रमित रहेको जनाइएको छ । यो नयाँ केससमेत गरेर हङकङमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । 

इटाली र दुबई भ्रमण गरेर हङकङ फर्किएकी एक ३२ वर्षीया १६ हप्ते दोजिया नारिमा पनि कोरोना भेटिएको छ । स्वास्थकर्मीका अनुसार हङकङमा कोरोना लाग्ने पहिलो गर्भवती ती महिलाको गर्भ पतन हुने या नहुने निश्चित छैन तर शिशुको जन्म भने समय पूर्व हुन सक्दछ । 

बिहिवारदेखि हङकङ छिर्ने सबैलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कने साथ अनिवार्य ट्र्याकिङ रिस्टब्यान्ड लगाउनु परेको छ जसले उक्त व्यक्ति कहाँ छ भन्ने कुरालाई निगरानी गर्दछ ।   

मेडिकल काउन्सिलका पदाधिकारी डाक्टर ल्यङ चि चिउले युरोप र उत्तर अमेरिकामा फैलिएको महामारीलाइ हेर्दा त होम क्वारेन्टाइन उपयुक्त नभएको बताएका छ्न् । उनी भन्छ्न्- ‘बिदेशमा पढ्दै गर्ने विद्यार्थीहरु होम क्वारेन्टाइनको लागि आएभने घरमा रहेका वयोवृद्धलाई असर पर्ने जोखिम रहदछ किनकि वयोवृद्धलाई चाडै यो भाइरसले भेट्दछ ।’ 

सरकार र होटेल मिलेर ऊनीहरुलाई कोठा उपलब्ध गराउनु पर्छ भन्ने उनको सुझाव छ । त्यसो त हङकङका १४ वटा होटलले कम्तीमा १,००० वटा कोठा एकान्त वास बस्नै पर्ने घर फर्किएका हङकङवासीलाई उपलब्ध गराउने भएको छ । कोरोनासँग जुधिरहेको विभिन्न देशबाट स्वदेश फर्किनेको संख्या बढेकोले यो विकल्प अपनाउने योजना ल्याइएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *