गुल्मी पहिरो अपडेटः ६ जनाको शव भेटियो, ५ जना अझै बेपत्ता

 

साउन ७, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको पहिरोमा परी ज्यान गुमाउने ६ जनाको शव भेटिएको छ । 

बेपत्ता ५ जनाको खोजी कार्य भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । बेपत्ताहरु जिवितै भेटिने सम्भावना भने कम रहेको उनी बताउँछन् । 

null

सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकमा अविरल वर्षापछि मंगलबार बिहान ३ बजेतिर गएको पहिराले एक घर बगाउँदा त्यसमा रहेका पाँच जनामध्ये २ ज्यान गुमाएका थिए भने अर्का २ जना घाइतेको सकुशल उद्धार गरिएको छ । 

ज्यान गुमाउनेमा ३४ वर्षीया तीलकुमारी तरामु मगर र उनका ९ वर्षीय छोरा दर्शन तरामु रहेका छन् । घाइते हुनेमा उनकै छोरीहरू १३ वर्षीया धनी र १० वर्षीया करिश्मा रहेका छन् । अहिले उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन वटा घरलाई बगरको परिणत गरेको रानाले बताए। तीन घरमा ९ जना व्यक्ति रहेका थिए। अन्‍य बेपत्ता छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *