नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन हुने

फागुन १, काठमाडैं । नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । क्षेत्रीमाथि अर्बो रुपैयाँको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदीय उप समितिले छानविन गर्नुपर्ने रायसहित प्रतिवेदन वुझाएको हो ।   

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्य्रासहित विभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि  छानविन गर्न सुझाव दिएको छ । 

बिहीबार नेकपा नवराज सिलवाल, सांसद रेखा शर्मा र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको उपसमितिले राज्य व्यवस्था तथा सुशासन समिति समक्ष आफ्नो राय सहितको प्रतिवेदन बुझाएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *