सिद्धार्थ बैंकले ल्यायो सिद्धार्थ सपरच्युनीटि योजना, जहाँ पाउँछन् ग्राहकले छुट
फागुन १, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनीटि’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि आज देखि सीमित अवधि सम्मको लागि मात्र ल्याइएको हो ।
यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५% सम्म (अधिकतम रू ५०० छुट पाउँनेछन् भने पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक समेत पाउँने छन् ।
त्यसैगरी पहिलो दुई पटक रु १,००० वा सो भन्दा बढि रकमको POS मेसिन मार्फत् कारोबार गर्दा ३८२ रूपैयाँ क्यास ब्याक समेत पाउँनेछन् ।
यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ ।
आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ । बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।