इपीएलः काठमाडौंलाई हराउँदै ललितपुर फाइनलमा

 

पुस ३, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियस फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ किंग्स इलाभेनलाई १ विकेटले हराउँदै ललितपुर प्याट्रियट्स फाइनलमा प्रवेश गरेको हो । 

योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरमा ९ रन जोडेपछि ललितपुरले पहिलो क्वालिफायर्समा काठमाडौँमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। 

null

मंगलबारको खेलमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य पछ्याएको ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । 

ललितपुरले अब फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासँग खेल्नेछ। ललितपुरसँग हारेपनि काठमाडौँले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्स खेल्न पाउनेछ। 

काठमाडौँले अब भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच हुने एलिमिनेटरको विजेतासँग बिहीवार दोस्रो क्वालिफायर्स खेल्नेछ। 

ललितपुरका लागि योगेन्द्रले २९ बल खेल्दै एक चौकाको मद्दतमा नटआउट २८ रन बनाउँदा कुशल भुर्तेलले सर्वाधिक २९ बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा पवन सराफले १९ रन बनाए। काठमाडौंका प्रदिप साहुले ३ विकेट लिँदा केभिन ओ ब्राएन र रोहन मुस्तफाले समान २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो ।काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ रन जोड्दा सिदान्त लोहनी १६ रनमा आउट भए । 

काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३–३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *