थाइल्याण्ड टी (ट्वान्टी) मा नेपाली टीम सेमिफाइनल प्रवेश

पुस ३०, काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी (ट्वान्टी स्म्यास) क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपालले लगातार तेस्रो खेल जित्ने क्रममा सोमबार युएईलाई ६ विकेटले हराउँदै एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । 

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ । नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन् । डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा पर्दा कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाइन । नेरी थापा ६ रनमा नटआउट रहिन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।युएईका लागि छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाए । भने, चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन् । 

null

नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिएका थिए । यो सँगै लगातार तेस्रो खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ । 

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो ।नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *