शिल्पी समुदायको पहिचान र संस्कृति विषयक विचार गोष्ठी

असोज ११, काठमाडौँ । समाजवादी पार्टी, शिल्पी विशेष प्रदेश मितिको आयोजनामा शिल्पी समुदायको पहिचान र सँस्कृित विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले ऐतिहासिक रूपमा उत्पीडन, विभेद र किनाराकृत गरिएको शिल्पी समुदायलाई शासनाधिकार प्राप्तिका लागि नै पार्टीले शिल्पी विशेष प्रदेशको अवधारणा अघि सारेको बताए ।   

जहाँ न्यायपालिका,कार्यपालिका र व्यवस्थापिकाको समेत अभ्यास गर्न पाउँछन् । अरू प्रदेशकै समान अधिकार शिल्पी प्रदेशको पनि रहने र कतिपय क्षेत्रमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको रूपमा समेत अभ्यास गर्ने मोडल हाम्रो पार्टीले अघि सारेको विचार व्यक्त गरे । पार्टीले पाँच वर्षदेखि सम्मानजनक शिल्पी पहिचानको विषयलाई उठाउँदै आएको र कसैको लहडमा अपमानित पहिचानलाई पार्टीले मुख्य मुद्दा बनाउन नसक्ने बताए ।   

२१ शताब्दीमा नयाँ विचारकासाथ पार्टी अघि बढेकोले सिंगो शिल्पी समुदायलाई अमपानित पहिचान बोकाउन बाध्य नहुने बताए । पूर्व सांसद एवं पत्रकार विनोद पहाडीले कार्यपत्र अत्यन्तै सान्दर्भिक रूपमा आएको र यसलाई अझै परिमार्जन गरि देशव्यापी बनाउन सुझाव दिए ।   

null

  

विशेष विशेष अतिथि पार्टीको उपाध्यक्ष हिशिला यमीले शिल्पी समुदायको  पहिचान र सँस्कृतिको बारेमा गहन रूपमा कार्यपत्र सहित कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिइन् । पार्टी अब दुईवटा शब्दको विवादमा नबस्ने, यसलाई छिटो टुङग्याउन पार्टी लाग्ने उनले बताइन् ।   

उपाध्यक्ष नवराज सुवेदीले अरू पार्टीले पूर्ण मानुपातिक, समावेशी मुद्दा छोडे पनि आफूहरुले स्थापित गरेको भन्दै संसदलाई नै समावेशी बनाएर नीति निर्माणबाटै हस्तछेप गर्दै शिल्पी समुदायलाई राज्यको मूलप्रवाहमा ल्याइने बताए ।   

शिल्पी समुदायको शिल्पी पहिचानको बारेमा पार्टी उप–महासचिव दानबहादुर विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । शिल्पी समुदायको सँस्कृति तथा साँस्कृतिक सम्पदाको बारेमा प्रदेश मुख्यसचिव डिबी. नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *