सचिवले सांसदको ‘बुझाइ गलत’ रहेको टिप्पणी गरेपछि जंगिए जनार्दन शर्मा

 

असार ८, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सचिव यादव कोइरालाले सांसदहरुको बुझाइ गलत रहेको टिप्पणी गरेपछि भनाभन भएको छ । 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु राउतले राखेका धारणा सांसदहरुले गलत रुपमा बुझेको भन्दै टिप्पणी गरेपछि सांसदहरु आक्रोशित हुँदा स्थिति तनावपूर्ण बन्यो । 

null

बैठकमा उनले मन्त्री पण्डितले राखेका कुराहरु प्रष्ट पार्ने कोशिस गरेका थिए । उनको कोशिसलाई समिति सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ठाडै प्रतिकार गरे । 

गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै सांसद शर्माले भने, ‘उहाँले सांसदले गलत तरीकाले व्याख्या गरेको भन्नुहुन्छ । त्यो भन्ने अधिकार छैन । हामीले लोकसेवाबाट गरौं भन्दा भन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ, हामी चुप लाएर बस्या छौं । आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौँ । यो कुरा उहाँले भन्न पाउनुहुन्न ।’ 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५ को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनाईलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे प्रष्ट पार्न खोजेपछि सचिव र शर्माबीच भनाभन भएको हो । 

शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकेर ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवको ध्यानाकर्षण गराएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *