अमेरिकी तीन पत्रकारलाई देश निकाला गर्ने चीनको निर्णय

चैत्र ५, काठमाडौँ । अमेरिकी पत्रिकासँग आबद्ध तीनजना  अमेरिकी पत्रकारलाई आफ्नो देशबाट निकाला गर्ने चीनले  निर्णय गरेको छ ।   

चीनले न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो । यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ । 

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै चिनियाँ विदेश मन्त्रालयले  १० दिनभित्र चीन छाड्न भनेको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ   

यस अघि कोरोना भाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। चीनको यस निर्णयलाई दुर्भाग्यपूर्ण ठहर गर्दै  अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले यस निर्णयमा पुर्नविचार गर्न चीनलाई आग्रह समेत गरेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *