टीट्वेन्टी क्रिकेट शृंखलामा नेपाललाई ऐतिहासिक सफलता

  

 

माघ २०, काठमाडौं । नेपालले यूएई विरुद्धको टीट्वेन्टी क्रिकेट शृंखलामा विजयी भएको छ । तेस्रो तथा निर्णायक खेलमा आईतबार १४ रनको जित हात पार्दै नेपालले शृंखला २–१ ले जितेको हो । नेपालले यसअघि तीन खेलको एकदिवशीय शृंखला पनि जितेको थियो । एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृंखला जितेको हो । 

null

वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा यूएईले एक सय ५ रनको लक्ष्य पाएपनि निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र ९० रन जोडेको थियो । यूएईका साइमन अनवरले ३० र घुलाम सब्बरले २५ रन जोडे । यूएईलाई अन्तिम ओभरमा २० रन आवश्यक थियो । नेपालका करन केसी, ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए । 

दुई ओभरमा २९ रन जोडेको यूएई सुरुमा निकै बलियो देखिएको थियो । यूएईले चार ओभर तीन बलमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो । तर तेस्रो विकेटका रुपमा सब्बरलाई अविनाश बोहोराले आउट गरेपछि यूएई दबाबमा आएको थियो । यूएईले पाँच ओभरमा ६० रन जोडेको अवस्थामा छैटौं ओभरमा सन्दीप लामिछाने बलिङमा आएका थिए । 

 

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले उक्त ओभरको तेस्रो बलमा टोलीको चौथो विकेटका रुपमा मोहम्मद उसमानलाई आउट गरे । यूएईले सात ओभरमा तीन विकेट गुमाएर ७३ रन जोडेको अवस्थामा करन केसी आठौं ओभरमा बलिङमा आएका थिए । त्यस ओभरमा करनले मोहम्मद नाविद र अनवरलाई आउट गरे । त्यस ओभरमा उनले चार रनमात्र खर्चिए । करनले पहिलो ओभरमा १० रन खर्चिएका थिए । यसअघि नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको थियो । 

 

नेपालका पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे । सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन बनाए । विनोद भन्डारीले १३ बलमा १ छक्का र २ चौकासहित २१ रन जोडे । करन केसीले पाँच बलमा एक छक्कासहित १० रन बनाए । 

टस जितेको यूएईले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो । यूएईका मोहम्मद नाविदले दुई ओभरमा एक मेडन राखेर दुई विकेट लिँदै ६ रनमात्र खर्चिए । शृंखला अन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *