ब्राजिलमा भीषण पहिरोका कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

फागुन २६, काठमाडौँ । ब्राजिलमा भीषण पहिरोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ भने ३६ जना बेपत्ता भएका छन् ।   

ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोको  गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाउँदा मृत्यु हुनेको संख्या ४२ पुगेको हो ।   

उद्धारकर्मीहरुका अनुसार गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *