काठमाडौं आइपुगे साझाले थपेका २० नयाँ ‘सिटी बस’

 

बैशाख २७, काठमाडौं । साझा यातायातले थप २० वटा नयाँ बस काठमाडौं भित्र्याएको छ । 

हाल सञ्चालन भइरहेका ५१ वटा साझा बसले मात्र यात्रुको चाप धान्न नसकेका कारण सम्झौता बमोजिम भारतबाट थप २० वटा बस नेपाल ल्याइएको हो । 

null

थप गरिएका बस प्राविधिक परिक्षण पश्चात् साझा यातायातलाई हस्तान्तरणा गरि सञ्चालनमा ल्याइने छ । 

काठमाडौं महानगरपालिकाको ५ करोड लगानीमा र ललितपुर महानगरपालिको १ करोड लगानीमा खरिद गरिएको बस शुक्रबार काठमाडौं ल्याइएको साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए । यसले बढ्दो ट्राफिक जाम हटाउन सहयोग पुग्ने निर्देशक तुलाधरको भनाइ छ । 

युरो ४ मापदण्डका साझा अपांगमैत्री बसमा ह्विल चियरसँगै चढ्न र झर्न मिल्ने व्यवस्था छ । बसमा ४० सिट छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *