लागु औषध बिक्री बितरणमा संलग्न २ व्यक्ति पक्राउ

 

बैशाख ४, काठमाडौँ । काठमाडौँको लाजिम्पाट स्थित सुवर्ण शम्सेरमार्गबाट अत्याधिक मात्रामा लागु औषध सहित २ व्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् । मंगलबार उनीहरुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने बर्ष ३९ का देब कुमार घिसिङ र सोही स्थान नै बस्ने बर्ष ३० का पदम बहादुर श्रेष्ठ रहेका छन् । 

null

प्रहरीका अनुसार श्रेष्ठ र घिसिङले बोकेको २ वटा जेब्रा झोला खोलि हेर्दा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा अत्याधिक मात्रामा (गाँजा) जस्तो देखिने लागु औषध फेला पारिएको थियो । उनीहरुको साथबाट ५० किलो लागू औषध बरामद गरिएको छ । श्रेष्ठ र घिसिङ लागु औषधको कारोबारी समेत भएको खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरु लागुऔषध ओसार–पसार तथा बिक्री बितरण संलग्न देखिएकाे र  हाल उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *