मेस्सी र नेल्सनको गोल, बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले जिरोनालाई २ – ० गोल अन्तरले हराएको हो । 

जिरोनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन नेल्सन सेमेडो र कप्तान लियोनल मेस्सीले एक एक गोल गरे । १० खेलाडीमा सिमित घरेलु टोलीविरुद्ध बार्सिलोनाले दुवै हाफमा एक एक गोल गरेको थियो ।  

 

null

खेलको ९ औं मिनेटमा नेल्सनको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । खेलको ५१ औं मिनेटमा बेर्नाडो स्पिनोसाले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । जसको फाइदा बार्सिलोनाले उठायो । त्यसपछि खेलको ६८ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए । 

जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २१ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४४ अंक छ । पराजित जिरोनाको २४ अंक छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *