‘गोटी होइन रोटी खाऊ’

 

                                                                            लागु पदार्थ 

असार ११, काठमाडौं । आज विभिन्न कार्यक्रमको आयोजना गरि लागुऔषध मुक्त समाज निमार्णका लागि अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइएको छ । 

null

यस दिनको एउटामात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र काराबारबाट मुक्त गराउनु हो । 

यसैबीच महानगरीय प्रहरी प्रभाग बलम्वुले अन्तर्रािष्ट्रय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको उपलक्ष्यमा लागुऔषध विरुद्धको सचेतनात्मक र्याली निकालेको छ । 

हामी सबैको आवाज लागुऔषध मुक्त समाज, लागुऔषध त्यागौँ, सभ्य समाज निमार्ण गराैँ, से नो टु ड्रग्स, हाम्रा अभियानः लागुऔषध रहित समाजनको पहिचान, लागुऔषधको दुव्र्यसन तथा कारोवारीले आर्थिक तथा सामाजिक प्रतिष्ठा गुमाउँछ, लागुपदार्थको नशा जीवनको दशा, कुलत र कुसंगत बाट आफ्ना सन्ततीलाई सुरक्षित राखौं लगायत विभिन्न नारा लेखिएको ब्यानर सहितको र्याली निकालिएको हो । 

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीले पछिल्लो समय लागुऔषध दुव्र्यसनीहरुको संख्यामा बृद्धि भइरहेका कारण प्रहरी साझेदारी अन्तर्गत स्कूल, कलेज गाउँ स्तरमा प्रभावकारी ढंगबाट जनचेतना पुर्याउनुपर्ने बताए । 

‘नेपालमा जुन तवरले लागुऔषधले युवाहरुलाई भित्रभित्रै खोक्रो पार्दे लागिरहेको छ, यो जटिल विषय हो । हामीले समयमा नै यो समस्या हल गर्न सकेनौँ भने आगामी दिनहरुमा झन् भयावहक अवस्था सृजना नहोला भन्न सकिँदैन । यस्ता विषयमा सबै सजग हुनैपर्छ ।’ 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले सभ्य र लागुऔषध मुक्त समाज निमार्णमा परिवारको आफ्ना बालबालिका प्रतिको व्यवहार, चासो महत्वपुर्ण हुने बताए । उनले पछिल्लो समय लागुऔषधमा युवाहरुको बढ्दो आर्कषणले गर्दा समाज नराम्रो दलदलमा फस्दै गएको प्रति चिन्ता व्यक्त गरे । 

कार्यक्रममा महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले पछिल्लो समय राजधानीका कति यवाहरु लागुऔषधमा फसेको भन्ने कुरा प्रहरीको कारवाहीबाट पनि प्रस्ट हुने जिकिर गरे । उनले समाजलाई सहि दिशा तर्फ लैजान र समाजलाई लागुऔषध मुक्त बनाउन समाजको पनि उति नै महत्वपुर्ण हात हुने चर्चा गरे । 

कार्यक्रममा समाजसेवी उत्तम कार्कीले एक छिनको रमाईलोले जीवनको नास हुने हुँदा गोटी होइन रोटी खाऊँ भन्ने आवाज बुलन्द पार्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *