लगातारको वर्षाले रौतहटकोे जनजीवन प्रभावित

रौतहट, साउन २७ । गए रातिदेखी लगातार भईरहेको अविरल वर्षाले तराईका जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ । राति ८ बजेदेखी नै भईरहेको ठुल्लो वर्षाले तराईका रौतहट, सर्लाही, बारा, पर्सा सहितका जिल्लाको जनजिवन कष्टकर बनेको छ ।

अविरल वर्षाले रौतहटको अधिकांश भू भाग डुवानमा परेको छ । वर्षाले किसानहरुले लगाएको हजारौ विघा धानबाली डुवानमा परेको छ । बाढी र वर्षाको पानीले जिल्लाका लगभग ५ हजार भन्दा बढी धानखेत जलमग्न भएपछि किसानहरु चिन्तित भएका छन ।

खोलाहरुमा आएको ठुलो बाढीले जमिन कटान गरी बस्तीमा पसेर जनधनको क्षति पुर्याउन थालेको छ । लगातारको वर्षाले रौतहटको हजारौ विघा धान र अधिकांश गाउँ डुबानमा परेको छ । वर्षाले लालबकैया र बागमति खोलामा आएको बाढीले गाउँमा पस्दा दर्जभन्दा बढी गाउँ डुबानमा परेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *