एमाले नेता नेपाल उत्तर कोरिया प्रस्थान

काठमाडौं, साउन २७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल शुक्रबार प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रस्थान गरेका छन् ।

प्रजग कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गरेको उनका स्वकीयसचिव नितेश पौडेलले जानकारी दिए ।

‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै गएका हुन् ।

टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद छन् । टोली एक सातापछि स्वदेश फर्कनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *