इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु,आर्सनलको विजयी शुरु

काठमाडौं, साउन २८ ।  इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

प्रिमियर लिगको यो २६ औं सिजन हो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले प्रिमियर लिगको सन् २०१७–१८ सिजनमा विजयी सुरुवात गरेको हो । अन्तिम सयम बराबरी रहेको खेलमा सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिरउडले आर्सनलका लागि विजयी गोल गरे । खेलको दोस्रो मिनेटमा नै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए । २९ औं मिनेटमा जेमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा २–२ को बराबरी भयो । तर ५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लियो । ८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनललाई ४–३ को जित दिलाए । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *