विश्व प्रेस स्वतन्त्रता दिवस

वैशाख २०, काठमाडौं । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । 

यो महत्वपूर्ण दिनको अवसरमा अनलाई संघ नेपालले देश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवी पत्रकारहरूमा स्वततन्त्र प्रेस दिवसको शुभकामना व्यक्त गरेको छ । 

पछिल्लो समय नेपालको सञ्चार जगत् अनलाइन प्रविधिको माध्यममा बढी केन्द्रित हुँदै गइरहेकोप्रति अनलाई संघ नेपाल अत्यन्तै खुसी र आफूहरूलाई अझ धेरै जिम्मेवारीको बोध भएको महसुस गरेका छन् । 

null

नेपाल सरकारबाट पछिल्लो समय भइरहेका प्रेस स्वतन्त्रता हननका केही घटनाहरूले समग्र प्रेस जगतलाई नै गम्भीर र चिन्तित बनाएको संघले जनाएको छ । यस संघले जबसम्म प्रेसले पूर्ण स्वतन्त्र भई काम गर्न पाँउदैन तबसम्म देशमा परिर्वतन संस्थागत हुन नसक्ने साथै सुशासन समेत कायम नहुने जनाए । 

पत्रकार र मिडिया कर्मीहरूले पछिल्लो समय भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भीर र चिन्तित हुनुपर्ने यस संघको ठम्याइ रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *