पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

माघ २१, सर्लाही। पूर्वपश्चिम  राजमार्गअन्तर्गत  सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा  समस्या परेको छ । 

इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र  जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो । ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।   

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीम, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदा र  इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काजमा सरुवा हुनुभएको बताइएको छ । जिल्लाका  पूर्वपश्चिम  राजमार्ग  प्रहरी अधिकृत विहीन बनेको छ ।   

Image result for पूर्वपश्चिम राजमार्ग प्रहरी

अहिले कुनै  मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक प्रहरी कर्माचारीले बताएका छन् ।   

केही समस्या हुँदा अर्को स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम गरेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी  दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *