आमाहरुलाई खिर खुवाउँदै सिजन गुरुङले मनाए मातातीर्थ औंशी

बैशाख २२, इटहरी । हिजो मातातीर्थ औंशी, अर्थात आमाको मुख हेर्ने दिन । धेरैले आफुलाई जन्मदिने आमालाई सम्झिए । 

 

आमा हुनेले आफ्नी आमाको मुख हेर्न गए । आमालाई मिठामिठा खानेकुरा, कपडा आदी लगिदिए । नहुनेले पनि आमाको नाममा श्रद्धापुर्वक दान दक्षिणा गरे । आ–आफ्नो संस्कार अनुसार आमाको चिरशान्तिको कामना गर्दै धुपवत्ति पनि गरे । 

null

सुनसरी तरहराका युवा सिजन गुरुङले भने गत वर्ष जस्तै यस वर्षपनि जेष्ठ नागरिक आमाहरुसँग मातातीर्थ औंशी मनाएका छन् । यसो भनौ न, उनले स्थानीय जेष्ठ नागरिक आमाहरुको मुख हेरे । 

नेपाल तरुण दल सुनसरीका सभापति रहेर राजनीतिसँगै समाजसेवा गर्दै आएका युवा सिजन गुरुङले सुनसरी तरहरा स्थित शिवालय मन्दिरमा स्थानीय आमाहरुलाई खिर खुवाए । उनीहरुको आर्शिवाद लिए । 

 

‘जन्म दिने आमालाई हामीले हरेक दिन सम्झनुपर्छ, उहाँहरुको आशिर्वाद हरेक दिन लिनुपर्छ, आज चाहीँ आमाहरुको विशेष दिन भएकोले उहाँहरुसँग थोरै भएपनि खुसी साट्न मन लाग्यो ।’ सामाजिक भावनाले ओतप्रोत भएका गुरुङले भने । 

सिजन गुरुङले गरेको यो सामाजिक काम पहिलो भने हैन, प्राकृतिक विपत्तिमा परेका जनतालाई सहयोग गर्न होस् वा विभिन्न कारणले लागूपदार्थ दुब्र्यसनमा परेका युवाहरुलाई सहि मार्गमा ल्याउन उनले ठूलो भूमिका खेल्ने गरेका छन् । 

तरहरालाई सुसभ्य, सुसस्कृत बनाउन र समाजमा विद्यमान विभिन्न कूसंस्कार, विक्रिति विसंगित समाप्त पार्न गुरुङको साथ र सहकार्य सदैव रहँदै आएको छ । ‘समाजमा बसेपछि समाजका लागि, देशका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्छु, मैले समाजसेवा कुनै लोभ, लालच र नामका लागि गरेको हैन, आत्सन्तुष्ठिका लागि गरेको हुँ ।’ उनी भन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *