एक वर्ष नबित्दै सडकमा खाल्डाखुल्डी, दुर्घटना टार्न टालटुल मात्रै

 

साउन २४ गते । वर्षाका कारण पूर्व पश्चिम राजमार्ग भत्किएर जीर्ण बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत चितवनको भरतपुरदेखि लोथरसम्मको सडकमा सयौँ खाल्डाखुल्डी परेका छन् । गत वर्ष पनि रिपिचिङ (पिच माथी पिच) गरेपनि अहिले अवस्था उस्तै छ । 

विशेषगरी चितवनको भरतपुर गोन्द्राङ, रत्ननगरको भानुचोक, निपनी, सौाराहा चोक, टाँडी चोक, खैरहनीको पर्सा वजार क्षेत्र, राप्ती नगरपालिकाको खुरखुरे, बीरेन्द्रनगर, भण्डारा, पिप्ले, लोथर क्षेत्रमा पिच भत्किएर जीर्ण बनेको हो । 

null

सडक जीर्ण वनेपछि सडक डिभिजन कार्यालय यतिबेला मर्मतको कामलाई तीव्रता दिएको छ । भरतपुरदेखि लोथरसम्मको सडक मर्मतको कार्य तीव्र पारिएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । 

प्रत्येक वर्ष यो सडक वर्षाका बेला भत्कने समस्या छ । सडक भत्किदा दुर्घटनाको जोखिम त छँदै छ घाम लागेका बेला धुलोले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । 

 

‘वर्षाअघि राम्रो सडक पनि पानीका कारण भत्किएका छन् । सडकको दुराअवस्थाका कारण दुर्घटनाबाट बच्न तत्काललाई टालटुल पार्ने काम भएको छ,’ सडक डिभिजन कार्यालय चितवनका प्रमुख अधिकारीले भने । 

नमुना सडककै रुपमा विस्तार गर्ने योजना अनुसार रत्ननगरमा निर्माण भएको सडकपनि अन्यन्त जीर्ण बनेपछि सडक डिभिजन कार्यालय आफैँले मर्मतको काम सुरु गरेको छ । सडकको मुख्य लेन अहिले अत्यन्त जीर्ण छ । निर्माणको काम सकिएको १ वर्ष नबित्दै सो सडकमा ठुला ठुुला खाल्डा परेका छन् । 

ठुला खाल्डामा समेत हाते रोलरको प्रयोग गरेर मर्मत गरिएको छ । फोर लेन सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले सो सडक सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको छैन । 

सडक हस्तान्तरण नभएपनि दुर्घटनाको जोखिम टार्न डिभिजन कार्यालयले आफ्नै श्रोत साधनले मर्मतको काम गरेको प्रमुख अधिकारीले बताए । 

रत्ननगरमा श्रेष्ठ कम्पनीसँग फोरलेन सडकको मुख्य लेन र सर्भिस लेन निर्माण गर्ने गरि सम्झौता भएको थियो । तर सडकको दक्षिण तर्फ सर्भिस लेनको कामनै सुरु भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *