‘नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ’ डा. शेखर कोइराला

असोज ३, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन् । चीन भ्रमणमा रहेका डा. कोइरालाले चिनियाँ उपविदेश मन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका हुन् । 

काग्रेस केन्द्रिय सदस्य नेता डा. कोइरालाले चीनका उपविदेश मन्त्री लो चाओहुईबीच भेटवार्ता गरेका हुन् । चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलका अनुसार भेटमा दुई देशबीचको आपसी भेट तथा सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको थियो । चिनियाँ उपविदेश मन्त्री चाओहुईले डा.कोइरालालाई नेपालको संबिधान दिवसको अवसरमा बधाई तथा शुभकामना पनि दिएका थिए ।   

डा.कोईरालाले नेपाल “एक चीन नीतिमा प्रतिबद्ध” रहेको बताउँदै २ देशबीचको सम्बन्ध थप मजबुद बनाउन पर्ने बताएका थिए । २ नेताबीचको भेटमा नेपाल–चीन बीचको आपसी हित र निकट भविष्यमा हुन लागेको चिनीयाँ राष्ट्रपती सी जींगपिंगको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *