मैदाबाट बनेको परिकार खाँदा मिठो तर स्वास्थ्यलाई गर्छ हैँ ! धेरै हानी
जेठ ७ । हाम्रो दैनिकी जिवनमा मैदाको धेरै प्रयोग हुँदै आईरहेको हुन्छ । मैदाबाट बिभिन्न परिकारहरु बन्दछ र यी परिकारहरुलाई हामी निकै मिठो मानि खाँदै आईरहेका छौँ । यसबाट बनेको परिकार खानलाई मिठो भए पनि यसले हाम्रो स्वास्थ्यलाई निकै हानि पुर्याई रहेको हुन्छ ।
मैदाबाट बनेका खानेकुरा खाँदा स्वास्थ्यलाई फाइदाजनक नभएको नेपालका पोषणविद्हरूले बताउँदै आएता पनी हाम्रो दैनिकी जिवनमा मैदा धेरै प्रयोग हुँदै आईरहेकाे पाइन्छ । जस्तै खाजा खाँदा हामी मःम, चाउमिन,चाउचाउ खाने गछौँ यी चिजपनी मैदाबाट नै बनेको हुन्छ । बच्चा देखी लिएर बुढापाखाले सम्म खाने बिभिन्न प्रकारका मसलेदार चिप्सहरु त्यो पनि मैदाबाट नै बनेको हुन्छ । यस्तै धेरै परिकारहरु मैदाबाट बनेको हुन्छ जुन हामी दैनिकी जसो खाँदै आईरहेका छौँ । मैदाबाट बनेको परिकार खाँदा शरिरलाई के–के असर गर्छ तल बताईएको छ ।
null
– मैदा बनाउँदा प्रोटिनका निकालिएका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ, जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।
—ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ, जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।
— म:मको अत्यधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।
— जुन मानिस नियमित रूपमा मैदाबाट बनेको म:म वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।
—मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाई ग्लाइसेमिक इन्डेक्स हुन्छ ।