सर्लाहीको बरहथवामा प्रभु बैंकको नयाँ शाखा
मंसिर २७, काठमाडौं । प्रभु बैंक लिमिटेडले सर्लाहीको बरहथवामा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (शुक्रबार) सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–७ स्थित बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखा २ सय पुगेको छ ।
उक्त शाखाको उद्घाटन सोही नगरपालिकाका प्रमुख देवानन्द महातोले गरे ।
शाखा कार्यालयको उद्घाटन गर्दै देवानन्दले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
बैंकको बरहथवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।