पत्रकारलार्इ गरेकाे दुरव्यवहारप्रति भत्र्सना

काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेललाई दिएको धम्कीप्रति भत्र्सना गरेको छ । 

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गरेको विज्ञप्तिमा पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको लेखिएको छ । ‘ मोबाइल नं. ९८५६०४०२३८ बाट फोन गरीे लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार लेखेकाे भन्दै ती महिलाले ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् । 

यदी प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने निकायहरु भए पनी ती महिलाले त्यसो नगरी पत्रकार पौडेललाई गरिएको दुरव्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ । 

null

पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *