संसद बैठक चार दिनसम्मका लागि स्थगित

 

साउन १६, काठमाडौं । तीन सातादेखि लगातार अवरुद्ध भएको संसद बैठक सुचारु गर्नका लागि बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको छ । 

संसदमा कांग्रेस, राजपा लगायतका विपक्षी दलले अवरोध जारी राखेपछि सभामुख महराले छलफलका लागि बैठक बोलाएका थिए । 

null

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँण, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायत उपस्थित थिए । 

सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न सकेन । दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक सोमबार (साउन २० गते) सम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ । 

प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर विपक्षीले तीन सातादेखि संसद चल्न दिएका छैनन् । 

सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभएसम्म संसद चल्न नदिने प्रतिपक्षीले चेतावनी दिँदै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *