आइतबारबाट राजपाको संयोजकमा महेन्द्र राय

 

माघ ५, काठमाडौं । चक्रिय प्रणालीमा रहेको राष्ट्रिय जनता पार्टीको संयोजक महेन्द्र राय यादव बनेका छन् । पार्टीले अध्यक्ष मण्डलका सदस्य यादवलाई आइतबारबाट लागू हुनेगरी संयोजकको जिम्मेवारी दिएको हो ।  

आज शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको हो । यसअघि राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक थिए ।  

null

आजको राजपा बैठकले मधेस आन्दोलनका सहिदको परिवारलाई सहयोग र सम्मान गर्न ‘सहिद कल्याण कोष स्थापना’ गर्ने निर्णय गरेको छ ।  

सँगै राजपाले माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्लाको सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *