भूमिहिन, विपन्न वर्गका समुदायको जीवनस्तर उकास्न सरकार कटिवद्धः मन्त्री पण्डित

 

फागुन २०, विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । 

स्थानीय कञ्चनबारी चोक केशलिया नजिक रहेको झण्डैँ २ विगाह क्षेत्रफलमा सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास गृह निर्माण गर्न लागिएको हो । नमुना आवास कार्यक्रमको सोमबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलान्यास गरे । 

null

सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेश्नल नेपाल, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतको समेत सहभागिता रहनेछ । नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २ करोड, ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहने छ भने उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २० वटा घर बनाउने सहमति भएको छ । 

शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिँडेरहेको बताए । उनले भूमिहिन र विपन्न वर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए । संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि केही गरौँ भन्ने भावनाका साथ काम गरिरहेको उनको दावी थियो । 

 

नेपाल कम्यूनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पण्डितले तराई मधेशका जनताको चौतर्फि विकासका लागि सरकारले तराई, मधेस समृद्धि कार्यक्रम लागु गरेको बताए । उनले सो कार्यक्रमले देशव्यापी रुपमा गति लिएको र चाँडै तराईका सबै जाताजातीले राहत पाउँदै जाने बताए । 

कार्यक्रममा प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुँदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाँढ्ने भन्दा पनि निश्चित वर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए । 

विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *