सामाजिक सुरक्षा कार्यक्रमका लागि सरकारले छुट्यायो यति मोटो रकम !

 

 जेठ १५, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको लागि रु ६४ अर्ब ५० करोड विनियोजन गरेको छ । 

संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् । 

null

यस्तै सरकारले आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गर्ने पनि जानकारी गराएको छ । 

त्यसैगरी अपांगता भएका व्यक्तिको दक्षता र क्षमता विकास गरी मनोबल बढाउन शिक्षा र तालिमको व्यवस्था गरिने छ । 

अर्थमन्त्री खतिवडाका अनुसार चालु वर्षदेखि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई फराकिलो बनाउँदै लगिने छ । 

यागदानकर्तालाई सामाजिक सुरक्षा नम्बरसहितको परिचय पत्र उपलब्ध गराइने छ भने युवाको जाँगर समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालनको वर्षको रुपमा पनि मनाइने छ । 

यो अभियानमार्फत् लैङ्गिक, जातिय र छुवाछुत लगायतका सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने कार्य गरीने अर्थमन्त्रीको भनाइ छ । 

आर्थिक वर्ष २०७६–७७ मा संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था नेपाली स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाहरुबाट युवा परिचालनमार्फत् मानविय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षा रोपण जस्ता कार्य गर्ने पनि सरकारको योजना रहेको उनले सुनाए । 

यसैगरी सरकारले युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषद्को संस्थागत संरचना परिवर्तन गरी रोजगारी सिर्जना प्रभावकारी बनाउने दाबी गरेको छ । युवाहरुको प्रतिभा पहिचान, परिचालन र प्रवद्र्धनको लागि नियमित रुपमा सिर्जनात्मक गतिविधि सञ्चालन गरिने जानकारी गराएको छ । 

अर्थमन्त्री खतिवडाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, विपन्न र वञ्चितीमा परेका महिलाहरुको आर्थिक र सामाजिक उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाइ देशव्यापी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *