अफगानिस्तानः बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु
मकालु खबर
२०७६ चैत १९ गते
सांकेतिक तस्विर
चैत्र १९, काठमाडौं । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लामा बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
त्यहाँको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको हो ।
सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्किँदा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित