कार्यालय प्रमुख घुस सहित रंगेहात अख्तियारको फन्दामा
असार ३०, भोजपुर । भोजपुरमा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई घुस सहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ परेको छ ।
प्रदेश १ को भोजपुर सदरमुकामस्थित जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई १ लाख ८० हजार घुस सहित अख्तियारले पक्राउ गरिएको हो ।
null
षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले जानकारी दिएको छ ।
सोमबार अपरान्ह १२ बजे सो कार्यालय नजिकै रहेको फुपु भदैनी खाजा घर एण्ड लजमा उपभोक्ता समितिबाट घुस लिंदै गरेको अवस्थामा रंगेहात यादव अख्तियारको फन्दामा परेका थिए ।
उपभोक्ता समितिका एक सदस्यका अनुसार करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिञ्चाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो भने यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने भन्दै आईरहेका थिए ।