उपराष्ट्रपति नन्दबहादुर पुनलाई छोरा दिपेशको बिन्ती ‘काठमाडौं छाडेर तराई झर्नुस्’

काठमाडौं, साउन ३० । सरकारलाई काठमाडौं छाडेर तराई झर्न आग्रह गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’का पुत्र दिपेश पुन बाढी पीडित उद्धारका लागि तराइ पुगेका छन् । शरीरमा एकजोर  टिर्सट र कट्टु लगाएर हिजो आइतबार उनी बाढी पीडितहरुको उद्धार गर्न तराई गएका हुन् ।

माओवादी केन्द्रका एक जुझारु र अरुभन्दा फरक धारणा राख्ने उपराष्ट्रपति पुत्र पुनले सरकारलाई सिंहदरबारमा बसेर रमिता नहेर्न आग्रह गरेका छन् । एक नेपालीलाई आपत पर्दा अर्काे नेपालीले सहयोगन गर्नु सबैका धर्म भएको बताउँदै पुनले सरकारसँग तराइ झर्न बिन्ति बिसाएका छन् । उनले घुमाउरो शैलीमा फेसबुक स्टाटस लेखेका छन्‘मेरो देश ! मैले के भनु ? सबैले आ–आफ्नो कर्त्तव्य जसले जे सकिन्छ त्यही पुरा गरौं। सरकार तिमी काठमाण्डौं छोडेर तराई÷मधेस झर हामी सबैको विन्ति हो यो ??’

यसबाट के प्रष्ट हुन्छ भने पुनले आफ्नै बुवा तथा उपराष्ट्रपति पुनलाई काठमाडौंमा छाडेर तराई झर्न आग्रह  गरेका छन् । दिपेश पुन त्यहीँ व्यक्ति हुन्, जब आफ्नै बुवालाई पनि चाहिँदो भन्दा बढी सेवा सुविधा लिँदा हप्काएका थिए । उपराष्ट्रपतिको सुरक्षाका लागि लावालस्कर सुरक्षाकर्मी खटाउँदा उनले आफ्नो बुवालाई सीमाभन्दा पर नजान सुझाव दिएका थिए । हिजो गृहमन्त्री जर्नादन शर्मासहितको टोली तराई झरेर बाढी पीडितको अनुगमन गरिसेके छन् ।

स्रोतले बताएअनुसार मधेसका नाममा आन्दोलन गर्ने मधेसी नेताहरु कसैको अनुहार देखिएको छैन । आफूलाई मधेसी जनताको नेता ठान्नेहरु बाढीले यति विध्वंश गर्दा उनीहरु काठमाडौंमा बिलासी जिवन विताएर बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *