८ वर्षीय बालकको अपहरण: ड्राइभरले गरेका थिए हत्या

 

मंसिर १३, काठमाडौँ । राजधानीमा ८ वर्षीय एक बालकको अपहरण गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

गोंगबुमा रहेको त्रिवेणी स्वस्तिक गेष्ट हाउस सञ्चालक प्रदिप कुँवरका ८ वर्षीय छोरा प्रयास कुँवरको अपहरणपछि हत्या गर्ने चालक पक्राउ परेका हुन् । 

null

घटनामा संलग्न रहेको आशंकामा सोही गेस्ट हाउसमा काम गर्ने ड्राइभर महेन्द्र सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

चालक एसकेको बयानकै आधारमा शव बरामत गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चालक एसकेले अपहरण गरेकै दिन बालकको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्। 

प्रहरीले आरोपी एसकेमाथि थप बयान लिइरहेको र हत्याको कारण र अन्य व्यक्तिको संलग्नताका विषयमा सोधपुछ भइरहेको जनाएको छ। 

 

काठमाडौँको मित्रनगरबाट ३ दिनदेखि हराइरहेका प्रयाको शव मैपीको पुलमुनि फेला परेको थियाे । प्रयासको शव हत्या गरी जेब्रा झोलामा राखेको अवस्थामा फेला परेको हाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *