संसद बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री

 

असार ३, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको मंगलबार (आज) को बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।  

आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने कार्यक्रम छ । प्रधानमन्त्रीले विवादित गुठी विधेयक र युरोप भ्रमणबारे संसदमा वक्तव्य जानकारी दिइएकाे  छ । 

null

गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । 

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा नेकपाका सांसद, केन्द्रीय नेता तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका थिए । प्रम ओलीले युरोप भ्रमणबाट फर्केलगतै भूमि सुधार मन्त्री पद्मा अर्यालसँग पनि यसबारे जानकारी लिएका थिए । 

त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहनेछ । बिहान ११ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठकमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि विनियोजित बजेटका बारेमा सांसदहरुले धारणा राख्ने छन् । 

राष्ट्रिय सभाको बैठक पनि आजै बोलाइएकोे छ । राष्ट्रिय सभामा संसदीय समितिको प्रतिवेदन पेस हुनेछ । बैठक पनि दिउसो १ बजे बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *