नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन सुरु

जनकपुर । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन शनिबारबाट जनकपुरमा सुरु भएको छ । महाधिवेशनको पूर्व राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरेपछि सुरु भएको हो । 

नेपाल जेसीजले जनकपुर जेसीजको आतिथ्यमा जनकपुरमा आयोजित तीन दिने महाधिवेशनको डिजिटलबाट उदघाटन गर्दै पूर्व राष्ट्रपति यादवले समृद्ध राष्ट्र निमार्णमा जेसिज अभियानले महत्वपुर्ण भुमिका खेलेको वताए । विधिको शासन भन्दा पनि व्यक्तिको शासन हावी भईरहेकाप्रति असन्तुष्टि जनाउदै उनले समाज रुपान्तरणमा लोकतान्त्रिक विधि पद्दती मासेर कोही अगाडी वढ्छ भने त्यसको त्यसलाई रोक्न जनताहरु संयमित भएर लाग्नु पर्ने बताए । 

‘मानवता र राष्ट्रको एकताका लागि सवै एक जुट भएर लाग्नु पर्छ,पहाड र मधेशलाई जोड्ने काम गर्नु आजको आवश्यता हो’, उनले भने । कार्यक्रममा वोल्दै २ नम्वर प्रदेशका मुख्यमन्त्री लालवावु राउतले समृद्धि सुशासनको नाराले मात्र नआउने भएकाले समृद्धिको लागि सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए । 

null

उनले सामाजिक न्याय र विधिको शासनका लागि हातेमालो गर्दे अगाडी वढाउनु पर्नेमा जोड दिए । नेपाल जेसिजका संस्थापक अध्यक्ष डा. भेष वहादुर थापाले नेपाल जेसिजको स्थापना कालदेखि हालको अवस्थामा आईपुग्दा राष्ट्र निमार्णमा जेसिजले अतुलनियय भुमिका निभाउन सफल भएकोमा आफु निकै उत्साहित भएको बताए । नेपाल जेसिज २०१८ का राष्ट्रअध्यक्ष श्रीधर वस्यालले जनकपुरमा नेपाल जेसिजको ४५ औं महाधिवेशन गर्दे गर्दा नेपाल जेसिजले असल मान्छे उत्पादन गर्न सफल भएको वताए । 

 

उनले सकारात्मक सोचका समाजमा भएको थुपै चुनौती समस्याहरु समाधान गर्दै लाने र सबैसँगको सहकार्यमा नयाँ जोस उर्जा सहित आगामी दिनमा राष्ट्रको समृद्धिको लागि लाग्ने वताए । नेपाल जेसीजको महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले बर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । 

नेपाल जेसीजको १४५ शाखा रहेको छ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका छन । जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ । जेसिजको महाधिवेशन यो चौथौ पटक जनकपुरमा भएको हो । 

१० जनालाइ पुरस्कार त्यस्तै विभिन्न क्षेत्र र विद्यामा योगदान पुर्याउने जेसिजका सदस्यबाहेक १० जना युवालाई नेपाल जेसिजले प्रत्यक बर्ष देशमा उत्कृष्ट कार्य गर्ने १० जना युवाहरुलाई सम्मान गर्ने गर्दछ । यस बर्षको उत्कृष्ट युवा सम्मान पुरस्कार २०१८ प्रदान गरेको छ। 

पुरस्कारबाट सम्मान प्राप्त गर्नु हुनेमा मानव अधिकार सामाजिक न्यायतर्फ श्रीनेहा पोखरेल (थानकोट जेसिजको सिफारिस) , साहासी एव बिरतापूर्ण कार्य अर्जुन सहिन्जु (भक्तपुर जेसिजको सिफारिस ), साहित्य कला संगीत तथा संस्कृति भुवन गन्धर्व (लमही जेसिजको सिफारिस ), खेलकुद विकास प्रदिप मजगैया (त्रिभुवननगर जेसिजको सिफारिस) , आर्थिक विकास ब्यापारिक तथा औधोगिक गतिबिधि दिपेश ढकाल (बिर्ता जेसिजको सिफारिस) , देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको योगदानमा सानो बाबु सुनवार (वालिंग जेसिजको सिफारिस) , र खेलकुद विकास तर्फ जंगीलाल महत्व (जनकपुर जेसिजको सिफारिस) रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *