स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारी पक्राउ

पुस २२, बीरगञ्ज । मंगलबार दिउँसो बीरगञ्जको रजतजयन्ती चोकबाट  स्रोत नखुलेको अवैध रकम सहित एक हुण्डी कारोबारी पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने ४९ वर्षीय राजु कुमार श्रीवास्तव पक्राउ रहेको प्रहरीले जनाएको छ ।   

 बीआर ०१ सिके ९७९६ नम्बरको स्कुटरमा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको उनले रकमको स्रोत खुलाउन नसक्दा पक्राउ परेको प्रहरीले जनाए ।  पक्राउ परेका उनको साथबाट ४ लाख ४५ हजार नेपाली रुपैयाँ फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले बताए ।   

प्रहरीका अनुसार हाल श्रीवास्तवलाई थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *